पुतलीबजार नगरपालिकाका १२ द्वारा ४९ परिवारलाई राहात वितरण

-


     मर्दी न्युज    
     चैत्र २१ गते २०७६ मा प्रकाशित


स्याङ्जा, २१ चैत । पुतलीबजार नगरपालिका वडा नं. १२ ले कोभिड–१९ संक्रमण फैलन नदिन जारी ‘लकडाउन’का कारण प्रभावित विपन्न परिवारलाई राहत वितरण थालेको छ ।

पुतलीबजार नगरपालिका वडा नं. १२ ले आज शुक्रवार ५०० केजी चामल, नुन तथा दाल ५०÷५० केजी र खाने तेल ४० लगायत लूगा धुने र नुहाने साबुन १०० वटा गरी ४९ परिवारका दैनिक ज्यालादारी मजदुर, अतिविपन्न परिवारलाई राहत वितरण सुरु गरेको हो ।

वडा नं. १२ का अध्यक्ष दुतप्रसाद गुरुङले केही छिटफुट रुपमा रहेको विपिन्न परिवारलाई आप्mनै निजी खर्चबाट २०० केजी चामल वितरण गरिने पनि जनाए ।

यस क्रममा वडाबासीलाई अध्यक्ष गुरुङले कोरोना भाइरसबाट नआत्तिन र घरमै सुरक्षित रही काम गर्न सुझाए । उनले बाहिरबाट आएकालाई घरमै क्वारेन्टाइनमा बस्न आग्रह गर्दै वडाबासीलाई उपचारको लागि स्वास्थ्यकर्मी परिचालित गरिएको पनि बताए । जिल्ला तथा जिल्लाबाहिर उपचारको लागि लैजान एम्बुलेन्स समेत तयारी अवस्था राखिएको उनले जानकारी दिए ।