
पोखरा, २१ चैत । नेपालमा भारतबाट हालै नेपाल फर्किएका कास्कीका एक व्यक्तिमा कोरोना संक्रमण देखिएको भन्नु हल्ला मात्र रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले बताएका छन् ।
पोखरामा हिजो नमुना परिक्षण गरिएका चारै जनाको रिजल्ट नेगेटिभ आएको निर्देशनालयले बताएको छ । निर्देशक शर्माले भने, ‘हामीले यहाँबाट पुनः परिक्षणका लागि काठमाण्डौ पठाएका रिपोर्ट नेगेटिभ नै छन्, पोजेटिभ भेटिएको छैन ।’
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हिजो शुुक्रवारदेखि कोरोना भाइरसको स्वाब परीक्षण थालिएको हो । यस ल्याबले दिएको नतिजा भेरिफाइ गर्नका लागि उनीहरुको नमुना काठमाडौं पठाइएको पोखरा निर्देशनालयले जनाएको छ ।