विश्वभर कोरोना संक्रमितको झण्डै ११ लाख, ज्यान गुमाउने ५९ हजार नजिक

-


     मर्दी न्युज    
     २२ चैत्र २०७६ मा प्रकाशित


पोखरा, २२ चैत । विश्वभर कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ११ लाख नजिक पुगेको छ । जोन्स् हप्किन्स विश्वविद्यालयका अनुसार हालसम्म विश्वका १० लाख ९७ हजार ९०९ जना संक्रमित छन् भने ५८ हजार ८ सय ७१ मानिसले ज्यान गुमाएका छन् ।

कोभिड–१९ बाट अमेरिकामा सबैभन्दा धेरै २ लाख ७७ हजार ८ सय २८ जनामा संक्रमण पुष्टि भएको छ । अमेरिकामा कोरोना संक्रमणबाट ७ हजार १४१ मासिनले ज्यान गुमाएको छ । अमेरिकामा एकैदिन ३२ हजार २ सयभन्दा बढी नयाँ संक्रमित थपिए भने १ हजार ३२१ मानिसले ज्यान गुमाए । अमेरिकामा निको भएर घर फर्किनेको संख्या ९ हजार ८२३ जना पुगेको छ ।

यसैगरी इटालीमा १ लाख १९ हजार ८ सय २७ जनामा संक्रमित छन् भने १४ हजार ६८१ मानिसले ज्यान गुमाएका छन् । १९ हजार ७५८ जना निको भएर घर फर्किसकेका छन् ।

त्यस्तै स्पेनमा १ लाख १९ हजार १९९ जना संक्रमित छन् भने संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार १९८ पुगेको छ । निको भएर घर फर्किनेको संख्या ३० हजार ५१३ जना पुगेको छ ।