चीनमा कोभिड–१९का कारण मृत्यु हुने मानिसको सम्झनामा तीन मिनेट मौनधारण

-


     मर्दी न्युज    
     २२ चैत्र २०७६ मा प्रकाशित


एजेन्सी । कोरोना भाइरस (कोभिड–१९) को उद्गमस्थल चीनमा मृत्यु भएकाहरूको सम्झनामा तीन मिनेट मौनधारण गरिएको त्यहाँका साउथ चाइना मर्निङ पोष्टले जनाएको छ ।

चीनभरिका नागरिकले कोरोना भाइरसका कारण मृत्यु भएका सबै मानिस र संक्रमितको उपचार गर्दागर्दै आफ्नो ज्यान गुमाउने स्वास्थ्यकर्मीको सम्मानमा तीन मिनेट मौनधारण गरेका हुन् । सवारीसाधनका हर्नहरूले पनि परम्परागत शोक धुन बजाएको बताइएको छ ।

चीनमा गत डिसेम्बर महिनामा भाइरसको संक्रमण सुरु भएयता कोभिड–१९ का कारण अहिलेसम्म ३ हजार ३२६ मानिसले ज्यान गुमाइसकेको छ ८१ हजार ६३९ जनामा संक्रमित पुष्टी भएको उक्त सञ्चार माध्यमले जनाएको छ । चीनमा हालसम्म ७६ हजारभन्दा बढी निको भएर घर फर्किसकेका छन् ।