नेपालमा पहिलो पटक आफन्तमा देखियो कोरोना संक्रमण

-


     मर्दी न्युज    
     २२ चैत्र २०७६ मा प्रकाशित


नेपालमा हालसम्म विदेशबाट आएकाहरुमा मात्रै कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएकोमा विदेशबाट आएका संक्रमितको परिवारका सदस्यलाई सरेको पहिलो घटना कैलालीमा फेला परेको छ ।

मन्त्रालयका आधिकारिक फेसबुकबाट गराइएको जानकारी अनुसार भारतबाट फर्किएका दुई जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । भारतको मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूषलाई कोरोना भाइरस देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूषलाई पनि कोरोना भाइरस पुष्टि भएको छ ।

यसअघि दुबईबाट फर्किएका कैलालीका संक्रमित पुरूषको एक आफन्त महिलामा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ती आफन्त ३४ वर्षीय पुरुषको भाउजू हुन् ।

संक्रमित भएको १२ दिनपछि परिवारका ९ जना सदस्यहरुको बिहीबार थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि काठमाडौं पठाइएको र एकजनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो ।