टिका टिप्पणीप्रति सचेत छौंः सेना

-


     मर्दी न्युज    
     २३ चैत्र २०७६ मा प्रकाशित


काठमाडौं । सरकारले मन्त्रिपरिषद्को बैठकमार्फत कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि नेपाली सेनालाई स्वास्थ्य सामग्री खरिदको जिम्मा संगठनलाई दिने निर्णयबारे भइरहेको टिका टिप्पणीप्रति सचेत रहेको प्रक्रिया दिएको छ ।

सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले आइतबार भिडियो कन्फरेन्स मार्फत् पत्रकार सम्मेलन गर्दै बाहिर भइरहेका टिका टिप्पणीलाई नजिकबाट नियाली रहेको बताउँदै खरिद प्रक्रियालाई पारदर्शी बनाउने बताएका छन् ।

प्रवक्ता पाण्डेले मुलुकमा समस्या पर्दा सेनाले नागरिकको सहयोग गर्नुपर्ने उल्लेख गर्दै राष्ट्रिय सुरक्षाको बृहत घेराभित्र नागरिकहरुको सुरक्षा पनि रहेको बताए ।

सरकारले हालै मात्र कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा उपचारका लागि चाहिने स्वास्थ्य सामाग्रीहरु खरिदको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको थियो । तर यसको चौतर्फी आलोचना भएपछि आइतबार दिउँसो पत्रकारहरुसँग भिडियो कन्फरेन्स गर्दै सैनिक प्रवक्ता पाण्डेले विपदमा सरकारले प्रयोग गर्न सक्ने संवैधानिक व्यवस्था बमोजिम सेनाले स्वास्थ्य सामग्री खरिदको जिम्मेवारी पाएको बताएका हुन् ।