
काठमाडौं, २४ चैत । प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो मन्त्रिपरिषद्को बैठक बस्दैछ । सरकारले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन ‘लकडाउन’ लम्ब्याउन तथा अहिलेसम्मको समीक्षा गर्दै भाइरस रोकथाम तथा नियन्त्रणका लागि आगमी प्रभावकारी कदम चाल्नेबारे पनि छलफल हुने बुझिएको छ ।
कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको हिजो आइतबार बसेको बैठकमा पनि लकडाउन लम्ब्याउनेबारे छलफल भएको थियो । सम्भवत आज बस्ने मन्त्रिपरिषद बैठकले लकडाउनको समयावधि बढाउने छ ।
यसबारे निर्णय गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन् । चैत्र १६ गते बसेको मन्त्रिपरिषद बैठकले लकडाउनको अवधि थप ७ दिन थप्ने निर्णय गरे अनुसार थपिएको लकडाउनको अवधि भोलि सकिदैछ ।