प्रधानमन्त्री ओलीद्वारा बेलायती प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना

-


     मर्दी न्युज    
     चैत्र २५ गते २०७६ मा प्रकाशित


पोखरा, २५ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

आइतबार अस्पताल भर्ना भएका बेलायती प्रधानमन्त्री बोरिस जोनसनको स्वास्थ्य अवस्था खस्कँदै गएपछि उनलाई सघन कक्ष (आईसीयू) सारिएको छ ।

प्रधानमन्त्री ओलीले आज मंगलवार बिहान ट्वीट गर्दै बेलायती प्रधानमन्त्री जोन्सनको कोभिड–१९ विरुद्धको प्रतिबद्ध संघर्षको प्रयत्नलाई प्रसंशा गर्दै स्वास्थ्यलाभको कामना गरेको हो ।