
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कुवेतका प्रधानमन्त्रीसँग टेलिफोन संवाद गरी त्यहाँ रहेका नेपालीको सुरक्षा र उपचारबारे चासो व्यक्त गरेका छन् ।
विश्वभर कोरोना भाइरसको संक्रमण भइरहेका बेला प्रधानमन्त्री ओलीले विदेशस्थित नेपालीहरुको अवस्थाबारे सम्बन्धित सरकारका प्रमुख वा प्रतिनिधिसँग संवाद गर्ने क्रममा आज मगलवार कुवेतका समकक्षी सब अल खालिदसँग संवाद भएको प्रधानमन्त्रीले ट्वीटरमार्फत जानकारी दिएका छन् ।
दुई प्रधानमन्त्रीबीच कुवेतमा कार्यरत नेपाली श्रमिकहरूको हित, कल्याण र सुरक्षा एवं उपचारको विषयमा कुरा भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । कुवेतका प्रधानमन्त्रीले नेपालीहरूलाई कुनै पनि अप्ठ्यारो पर्न नदिने र उनीहरुको उपचारमा खुल्ला दिलले सहयोग गर्ने प्रतिबद्धता जनाएको बताइएको छ ।
