अन्तर्राष्ट्रिय उडान प्रतिबन्ध वैशाख १८ सम्म लम्ब्याइयो

-


     मर्दी न्युज    
     २५ चैत्र २०७६ मा प्रकाशित


काठमाडौं । सरकारले चैत ९ गते मध्यरातिदेखि रोक लगाइएको अन्तर्राष्ट्रिय उडान सेवालाई पनि लम्ब्याएको छ । सरकारले यसअघि वैशाख ३ गतेसम्म अन्तर्राष्ट्रिय उडानमा रोकलगाइएकोमा वैशाख १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वको नोभल कोरोना रोगथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको समितिका प्रवक्ता नारायण प्रसाद विडारीले जानकारी दिए ।

सरकारले विदेशी एयरलाइन्सहरुलाई यात्रु लिएर आउन रोकेको छ । तर, यहाँबाट यात्रु लिएर जान खाली विमान आउन सक्छन् । त्यसअनुसार विभिन्न एयरलाइन्सहरुले अहिले पनि विदेशीहरु लैजान उद्दारको उडान गरिरहेका छन् ।