विश्वभर कोरोना संक्रमणबाट ८२ हजार बढीले ज्यान गुमाए, संक्रमित १४ लाख नाघ्यो

-


     मर्दी न्युज    
     २६ चैत्र २०७६ मा प्रकाशित


पोखरा, २६ चैत । कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर ज्यान गुमाउनको संख्या ८२ हजार नाघेको छ । विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ बाट आज बिहानसम्म ८२ हजार २५ मानिसले ज्यान गुमाएका छन् ।

विश्वभर कोभिड–१९ बाट १४ लाख २८ हजार ४२८ जना कोरोना संक्रमित छन् भने ३ लाख १९८ जना निको भएर घर फर्किसकेका छन् । ४७ हजार ८९० जनाको अवस्था गम्भीर रहेको छ ।

इटलीमा सबैभन्दा धेरै १७ हजार १२७ जना मानिसले ज्यान गुमाइसकेका छन् भने स्पेनमा १४ हजार ४५ तथा अमेरिकामा १२ हजार ८४१ जनाले ज्यान गुमाइसकेका छन् । यस्तै फ्रान्समा १० हजार ३२८ को कोरोनाका कारण मृत्यु भइसकेको छ ।

अमेरिकामा ४ लाख ३३५ जना कोरोना संक्रमित छन् । त्यस्तै दोस्रोमा स्पेनमा १ लाख ४१ हजार ९४२ जना कोरोनाबाट संक्रमित छन् । त्यस्तै इटलीमा १ लाख ३५ हजार ५८६ संक्रमित भएका छन् भने फ्रान्समा १ लाख ९ हजार ६९ जना संक्रमित छन् । यसैगरी जर्मनीमा पनि एक लाख नाघेको छ । जर्मनीमा हालसम्म संक्रमितको संख्या १ लाख ७ हजार ६६३ पुगेको छ ।