पोखरा, २७ चैत । कोरोना भाइरस (कोभिड–१९) बाट पछिल्लो २४ घण्टामा करिब ७ हजार ३ सयभन्दा बढीले ज्यान गुमाएका छन् । २४ घण्टामा विश्वभर ७ हजार ३८२ जना कोरोना संक्रमितको ज्यान गएको हो ।
सबैभन्दा धेरै अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार ८९५ जनाले ज्यान गुमाएका छन् । त्यस्तै फ्रान्समा १ हजार ४१७, स्पेनमा ७०४, इटलीमा ६०४ तथा बेलायतमा ९३८ जनाले २४ घण्टामा ज्यान गुमाएका छन् ।
पछिल्लो एकैदिनमा विश्वरभर ८४ हजार ९४५ जना नयाँ संक्रमित थपिएका छन् । बिहीबार बिहानसम्म कोरोना भाइरसबाट विश्वभर ८८ हजार ४१५ जनाको ज्यान गइसकेको छ ।
कोरोना भाइरसबाट सबैभन्दा धेरै अमेरिकामा संक्रमित छन् । अमेरिकामा हालसम्म ४ लाख ३० हजार ३७६ जना यसबाट संक्रमित भइसकेको पुष्टि भएको छ ।
त्यस्तै स्पेनमा १ लाख ४८ हजार २२० जना, इटलीमा १ लाख ३९ हजार ४२२ जना, फ्रान्समा १ लाख १३ हजार ९६५ तथा जर्मनीमा १ लाख १३ हजार २९६ जना कोरोना भाइरसबाट संक्रमित छन् ।
विश्वभर हालसम्म कोरोना भाइरसबाट १५ लाख १३ हजार ३५८ जना कोरोनाबाट संक्रमित भइसकेको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ ।