भोलि र पर्सि काठमाडौंबाट बाहिर जान दिने सरकारको निर्णय

-


     मर्दी न्युज    
     चैत्र २७ गते २०७६ मा प्रकाशित


काठमाडौं । सरकारले लकडाउनका कारण काठमाडौंमा अलपत्र परेकाहरुलाई शुक्रबार र शनिबार गाउँ फर्कन दिने भएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको बैठकले भोलि र पर्सि बाहिर जान दिने निर्णय गरेको हो ।

चैत ११ गतेबाट लागू भएको लकडाउन लम्बिएपछि कतिपय मानिसहरु हिँडेरै गाउँ फर्किन थालेका छन् ।

उपप्रधानमन्त्री पोखरेलले भौतिक पूर्वाधार तथा यातायत मन्त्री, संघीय मामिला तथा स्थानीय विकास मन्त्री, पर्यटन मन्त्री र गृहका मन्त्रीहरुसँग घर फर्कन नपाएकहरुलाई पठाउने भन्नेबारे छलफल गरेको स्रोतले बताए । तर उपत्यका बाहिरबाट काठमाडौं आउन दिइने छैन ।

छोटो दुरीको हकमा कसरी जान दिने भन्नेबारे गृह मन्त्रालयले गृहकार्य गरिरहेको एक अधिकारीले बताए ।