भारतमा कोरोना संक्रमितको संख्या ६ हजार नाघ्यो, कोरोनाबाट १९९ को मृत्यु

-


     मर्दी न्युज    
     २८ चैत्र २०७६ मा प्रकाशित


एजेन्सी ।

भारतमा शुक्रवारसम्म कोरोना भाइरस संक्रमितको संख्या ६ हजार ४१२ जनामा पुष्टी भएको छ ।

कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट १९९ जनाको ज्यान गइसकेको छ भने पछिल्लो १२ घण्टामा ५४७ जना नया संक्रमित थपिएको र ३० जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

सबभन्दा धेरै संक्रमित पश्चिमी राज्य महाराष्ट्रमा देखिएका छन् । महाराष्ट्रमा ११ सयभन्दा धेरै संक्रमित भइसकेको बीबीसीले आप्mनो समाचारमा उल्लेख गरेको छ । त्यस्तै तमिलनाडुमा ७ सयभन्दा बढी र दिल्लीमा करिब साढे ६ सय संक्रमित छन् ।

नेपालसँग सिमाना जोडिएका बिहारमा ३९ जना, पश्चिम बङ्गालमा १ सयभन्दा बढी र उत्तराखण्डमा ३५ जना संक्रमित भएको बीबीसीले उल्लेख गरेको छ ।