
पोखरा, २८ चैत । बागलुङ जिल्लामा रहेका दुई कोरोना संक्रमितको अवस्था बुझ्न गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ बागलुङ पुगेका छन् । बिहीवार मात्र मुख्यमन्त्री कार्यालयबाटै टेलिफोनमार्फत पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी लिएका मुख्यमन्त्री गुरुङ शुक्रवार आफै अस्पताल भेट्न पुगेका हुन् ।
उनले बिहीबार धौलागिरी अस्पतालको आइसोलेशन कक्षमा उपचाररत बागलुङ नगरपालिका ४ की १९ वर्षीया युवतीसँग टेलिफोनबाट स्वास्थ्य अवस्था र चिकित्सकले गर्ने हेरचाह लगायतका विषयमा जिज्ञासा राखेका थिए । किशोरीलाई डाक्टर हेर्न आउँछन् कि आउँदैनन् ? भन्ने प्रश्नमा नर्स आउने तर डाक्टर नआउने गरेको बताएकी थिइन् ।
त्यसको भोलीपल्टै मुख्यमन्त्री गुरुङ बागलुङ पुगेको प्रेस सल्लाहकार बिक्रम न्यौपानेले जानकारी दिए । धौलागिरी अस्पतालमा बागलुङ नगरपालिका–३ की अर्की ६५ वर्षीया महिला पनि उपचाररत छन् ।