काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएकाे छ।प्रधानमन्त्री ओलीले बिहीबार भारतीय प्रधानमन्त्री मोदीसँग टेलिफोन वार्ता भएको जानकारी ओलीले ट्वीटमार्फत दिएका छन्।
कोरोना भाइरस संक्रमण रोक्न दुई देशमा लगाइएको लकडाउनका कारण एकअर्काका देशमा रोकिएका नागरिकलाई आ–आफ्नो देशमा हेरचाह गर्ने विषयमा उनीहरुबीच छलफल भएको थियो।
कोरोना भाइरसका विरुद्धको सहकार्यलाई अझ सशक्त बनाउने विषयमा दुई प्रधानमन्त्री सहमत भएका छन्।
प्रधानमन्त्री ओलीले ट्वीटमा भनेका छन्, ‘ मैले भारतका प्रधानमन्त्री नेरन्द्र मोदीजीसँग टेलिफोन संवाद गरें । कोरोना भाइरसका विरुद्धको सहकार्यलाई अझ सशक्त बनाउने विषयमा हामी सहमत भयौं। लकडाउनको कारण एक अर्काको मुलुकमा रोकिएका नागरिकलाई आ-आफ्नो देशमा राम्रो हेरचाह गर्ने विषयमा जोड दियौं।’