पोखरा, २९ चैत । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट विश्वभर ज्यान गुमाउनेको संख्या १ लाख नाघेको छ । शनिवार बिहानसम्म भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख २ हजार ६०७ पुगिसकेको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ ।
भाइरस संक्रमितको संख्या झण्डै १७ लाख पुग्न लागेको छ । आज बिहान साढे ६ बजेसम्म १६ लाख ९७ हजार ८०२ वल्र्डोमिटरले उल्लेख गरेको छ ।
पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै अमेरिकामा २ हजार ३४ मानिसले ज्यान गुमाएका छन् । यससँगै अमेरिकामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १८ हजार ७२५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा अमेरिकामा ३३ हजार ७५२ थप कोरोना संक्रमित हुन पुगेका छन् । यससँगै अमेरिकामा संक्रमितको संख्या ५ लाख २ हजार ३१८ पुगेको छ भने निको भएर घर फर्किनेको संख्या २७ हजार ३१४ जना रहेको छ ।
त्यस्तै सबैभन्दा नागरिक गुमाउनेमा इटली पुगेको छ । इटलीमा हालसम्म १८ हजार ८४९ जनाले कोरोनाका कारण ज्यान गुमाएको छ । इटलीमा नयाँ संक्रमित संख्या कम भएको छ । पछिल्लो २४ घण्टामा इटलीमा ३ हजार ९५१ जनामा मात्र देखिएको छ ।
अमेरिका पछि बेलायतमा पछिल्लो २४ घण्टामा संक्रमितको संख्या बढेको छ । बेलायतमा शुक्रवार ८ हजार ६८१ जना थप संक्रमित भएका छन् । यससँगै बेलायतमा अहिलेसम्म ज्यान गुमाउनेको संख्या ८ हजार ९५८ पुगेको छ भने संक्रमितको संख्या ७३ हजार ७५८ पुगेको छ । बेलायतमा निको भएर घर फर्किनेको संख्या ३४४ जना रहेको छ ।
विश्वभर ३ लाख ७६ हजार १८४ मानिस निको भएर घर फर्किसकेका छन् । हाल विश्वभर १२ लाख १८ हजार ९२५ जनामा अहिले कोरोनाको संक्रमण देखिएकोमा ४९ हजार ८३१ को अवस्था गम्भीर रहेको छ ।