
पोखरा, २९ चैत । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट सबैभन्दा धेरै मानिसको मृत्यु हुने देश अमेरिका बनेको छ । अमेरिकामा शनिवार साँझसम्म कोरोना संक्रमणबाट १९ हजार ७२१ मानिसको मृत्यु भएको छ ।
त्यस्तै धेरै नागरिक गुमाउनेमा इटली दोस्रोमा छ । इटलीमा पनि १९ हजार ४६८ मानिसले ज्यान गुमाइसकेका छन् ।
त्यस्तै धेरै नागरिक गुमाउनेको मध्ये तेस्रो स्थानमा रहेको स्पेनमा १६ हजार ३५३ मानिसले कोरोना संक्रमणबाट ज्यान गुमाएको छ ।
शनिवार साँझसम्म कोरोना भाइरसको संक्रमितबाट मृत्यु हुनेको संख्या १ लाख ६ हजार ४२३ पुगेको छ भने संक्रमित १७ लाख ३३ हजार ८२१ मा पुष्टि भएको छ ।