बागलुङको र्‍यापिड टेष्टमा एक जना शंकास्पद

-


     मर्दी न्युज    
     ३० चैत्र २०७६ मा प्रकाशित


पोखरा । कोरोना भाइरस परीक्षणका लागि बागलुङमा भइरहेको द्रुत परीक्षण (¥यापिड डाइगोनोस्टिक टेष्ट) मा एक महिलामा शंकास्पद (पोजेटिभ) लक्षण देखिएको छ ।

काठेखोला गाउँपालिकामा आइतबार ७ जनाको द्रुत परीक्षण गरिएकोमा एक मात्र काठेखोला–६ बिहुँ इनारपानीकी एक ६५ वर्षीय महिलामा कोरोना पोजेटिभ देखिएको प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर विकले जानकारी दिए ।

¥यापिड टेष्टमा पोजेटिभ देखिए पछि अहिले ती महिलालाई गाउँपालिकाकै क्वारेन्टाइनमा राखिएको छ । उनी केहि साता अघि मात्रै गाउँका अन्यसँग मिलेर भारतको तिर्थयात्रा गएर फर्केकी थिईन् ।

रिपोर्ट पोजेटिभ देखिएकी महिलाको पुनः स्वाब संकलन गरेर थप परीक्षणका लागि पोखरा पठाउने जिल्ला स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिए । महिलामा अन्य कुनै लक्षण देखिएको छैन भने उनको अवस्था सामान्य रहेको बताए । ‘अहिले नै कोरोना संक्रमित भन्नु मिल्दैन’ उनले भने ‘थ्रोट स्वाव’ को परीक्षण पछि मात्रा संक्रमण भए नभएको पुष्टि हुन्छ ।’