वीरगन्जबाट लम्की पुगेकी महिलामा कोरोनाको पोजेटिभ

-


     मर्दी न्युज    
     १ बैशाख २०७७ मा प्रकाशित


काठमाडौं, १ वैशाख । कैलालीको लम्की चुहा नगरपालिकामा थप एक महिलामा कोरोना पोजेटिभ देखिएको छ । लम्की चुहा नगरपालिका वडा नं. १ भुरुवाकी ६५ वर्षीया महिलामा कोरोना पोजेटिभ देखिएको टीकापुर अस्पताल स्रोतले जानकारी दिएको छ ।

र्यापिड टेष्टमा नेगेटिभ आएपछि उनलाई घर पठाइएको थियो । उनी वीरगञ्ज नाकामा चिया बेच्थिन् । उनीसहित १७ जना चैत ९ मा मात्र कैलालीको लम्की पुगेका थिए ।

स्थानीय जनप्रतिनिधिले सबैलाई लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखेका थिए । क्वारेन्टाइनमा बसेकाहरुको र्यापिड टेष्ट किटबाट परीक्षण गरिएकोमा पछि पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना संक्रमणको पुष्टि भएको स्रोतले जनाएको छ ।

सरकारले भने आधिकारिक घोषणा गरिसकेको छैन । यससँगै नेपालमा कोरोना पुष्टि हुनेको संख्या १३ पुगेको छ ।