
काठमाडौं, १ वैशाख । काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टको एकै परिवारमा तीन जनाको र्यापिड परीक्षणमा पोजिटिभ आएपछि पाटन अस्पताल भर्ना गरिएको छ ।
पीसीआर विधिबाट नमुना संकलनका लागि उनीहरुको थ्रोट स्वाब लिइएको अस्पतालका निर्देशक विष्णु शर्माले बताए ।
चैत ५ गते बेलायतबाट नेपाल आएका उनीहरुमा कोरोनाको मिल्दोजुल्दो लक्षण देखिएपछि पाटन अस्पताल भर्ना भएका हुन् ।