पोखरा रामबजारमा एक महिलाले झुण्डिएर आत्महत्या गरिन्

-


     मर्दी न्युज    
     २ बैशाख २०७७ मा प्रकाशित


पोखरा, २ वैशाख । पोखरा महानगरपालिका वडा नं. १५ घलेचोकस्थित एक ४० वर्षीय महिलाले झुण्डिएर आत्महत्या गरेका छन् । बुटवल उपमहानगरपालिका घर भई पोखरामा भाडामा बस्दै आएकी ज्ञानबहादुर रानाकी श्रीमती खेमकुमारी रानाले झुण्डिएर आत्महत्या गरेका हुन् ।

मृतक खेमकुमारी राना लामाे समयदेखि डिप्रेसनमा रहेको र ३ महिनादेखि औषधी घरमा ल्याएपनि सेवन नगरिएको उनको पारिवारिक स्रोतबाट खुलेको छ । सच्चाइमा हिड्ने उनी औषधी सेवन गर्नु नपर्ने प्रार्थना गरे निको हुन्छ भन्दै औषधी सेवन गर्न छाडेको बुझिएको छ ।

मृतकका श्रीमान् २ छोरा र एक छोरी छन् भने एक छोरीको विवाह भैसकेको पारिवारिक स्रोतले बताए । मृतक रानासँगै उनकी बहिनी पनि सँगै बस्थिन् । डेढ वर्षको सानो छोरासँगै कोठामा रहेका उनले श्रीमानको आँखा छलेर डोरीमा झुण्डिएको हो ।

मजदुर गर्दै आइरहेका उनका श्रीमान खाना खाएर एकछिन अरुको कोठामा तास खेलिरहेको हेर्ना जाँदा उनले झुण्डिएर आत्माहत्या गरेको हो ।

हिजो राती १० बजेतिर झुण्डिएर उनले आत्महत्या गरेको प्रहरीले जनाएको छ । मृतक महिलाको लासलाई पोष्टमार्टमको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको छ ।