भारतमा तीन साता लम्बियो लकडाउन

-


     मर्दी न्युज    
     २ बैशाख २०७७ मा प्रकाशित


पोखरा, २ वैशाख । भारतले लकडाउनलाई तीन साताका लम्ब्याएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशवासीको नाममा सम्बोधन गर्दै मे ३ अर्थात वैशाख २१ गतेसम्मका लागि लकडाउन लम्ब्याइएको जानकारी गराएका हुन् ।

यसअघि भारतले गरेको २४ मार्चदेखि लागू गरेको २१ दिने लकडाउन गरेको थयो । भारतमा कोरोना भाइरसको संक्रमित संख्या १० हजार ३६३ पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतमा कोरोनाबाट ३३९ जनाको मृत्यु भइसकेको छ । सोमबार मात्र १ हजार २११ जना थप संक्रमित भएका छन् भने पछिल्लो २४ घण्टामा ३१ जनाको मृत्यु भइसकेको छ ।