
सांकेतिक तस्विर
पोखरा, ३ वैशाख । कोरोना भाइरस (कोभिड–१९)बाट ज्यान गुमाउनेको संख्या १ लाख २६ नाघेको छ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाका कारण आज बिहानसम्म १ लाख २६ हजार ५९७ जनाको ज्यान गइसकेको छ ।
विश्वभर कोरोनाबाट झण्डै २० लाख मानिस संक्रमित छन् । बुधवार बिहानसम्म विश्वभर कोरोना भाइरसको संक्रमित संख्या १९ लाख ९७ हजार ६६६ जनामा पुष्टि भएको छ ।
१३ लाख ९२ हजार ५६६ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये ५१ हजार ५९२ जनाको गम्भीर अवस्थामा उपचार भइरहेको छ । अहिलेसम्म ४ लाख ७८ हजार ५०३ जना उपचारपछि निको भएर घर फर्किसकेका छन ।
कोरोना भाइरसका कारण पछिल्लो एकैदिन अमेरिकामा २ हजार ४०७ जनाको थप मृत्यु भएको छ । यससँगै सबैभन्दा धेरै ज्यान गुमाउने देश बनेको छ । अमेरिकामा २६ हजार ४७ जनाको ज्यान गएको छ । हालसम्म अमेरिकामा ६ लाख १३ हजार ८८६ जना संक्रमितको पुष्टि भएको छ ।
त्यस्तै इटलीमा कोरोनाका कारण २१ हजार ६७ जनाको मृत्यु भइसकेको छ भने स्पेनमा १८ हजार २५५, फ्रान्समा १५ हजार ७२९ तथा बेलायतमा १२ हजार १०७ जनाको मृत्यु भइसकेको छ ।
इटलीमा कोरोनो संक्रमितको संख्या १ लाख ६२ हजार ४८८ जनामा पुष्टि भइसकेको छ भने स्पेनमा १ लाख ७४ हजार ६०, फ्रान्समा १ लाख ४३ हजार ३०३, जर्मनीमा १ लाख ३२ हजार २१० र बेलायतमा ९३ हजार ८७३ जनामा संक्रमितको पुष्टि भइसकेको छ ।
नेपालमा अहिलेसम्म १६ जनामा संक्रमण देखिएको छ । जसमध्ये एकजना निको भइसकेका छन् । आइसोलेसनमा ९९ जना रहेका छन् । मंगलवार काभ्रेका २ जना र धादिङका एक जना कोरोना भाइरसका शङ्कास्पद विरीमीहरुको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) किटबाट परीक्षण गर्दा पोजेटिभ पाइएको छ । यद्यपि पिसिआरबाट परीक्षण गरी यसको आधिकारिक पुष्टि हुन बाँकी छ ।
