प्रदेशका ११ जिल्लाका प्रमुखहरुसँग गण्डकी प्रदेशका मुख्यमन्त्रीको भर्जुचल बैठक

-


     मर्दी न्युज    
     वैशाख ३ गते २०७७ मा प्रकाशित


पोखरा, ३ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र प्रदेशका ११ जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग भर्चुअल (विद्युत्तीय) बैठक सुरु भएको छ ।

गण्डकी प्रदेशको मुख्यमन्त्री कार्यालयबाट केहीबेरअघि भर्चुअल बैठक सुरु भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम न्यौपानेले जानकारी दिए ।

भर्चुअल बैठकमा ११ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु सहभागी छन् । उनीहरूले आ–आफ्ना जिल्लामा कोरोना संक्रमण रोक्न गरेका कामहरूको बारेमा छलफल भइरहेको बुझिएको छ ।