काठमाडौं । काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा दुई जनामा कोरोना संक्रमण देखिएपछि आज गरिएको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) नेगेटिभ पाइएको छ । संक्रमित व्यक्तिको अपार्टमेण्टमा काम गर्ने सहयोगीहरुमा समेत कोरोना संक्रमण नेगेटिभ पाइएको छ ।
पहिलो चरणको परीक्षण नेगेटिभ पाइएको स्वास्थ्यकर्मीहरुले जानकारी दिएपछि अपार्टमेण्टमा बस्दै आएकाहरुले खुसी मनाएका छन् ।
बुधबार बिहान साढे नौ बजेदेखि अपार्टमेन्टमा कोराना संक्रमणको एन्टीबडी परीक्षण सुरु गरिएको थियो ।
मंगलबार ब्लक ‘ए’ मा बस्दै आएका एक महिला र एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो । आज बुधबार ब्लक ‘ए’ का परीक्षणमा सबैको नेगेटिभ पाइएको हो ।