
काठमाडौं, ३ वैशाख । र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) पोजेटिभ आउँदैमा भयभीत हुनुनपर्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेल बताएका छन् ।
जनसंख्या तथा स्वास्थ्य मन्त्रालयद्घारा नियमित मिडिया ब्रिफिङका क्रममा बुधवार उनले आरडीटी पोजेटिभ आउँदैमा भयभीत हुनुनपर्ने बताएको हो ।
निर्देशक डा पाण्डेका अनुसार २१ दिन वा सो भन्दा पछिको परीक्षणमा आरडीटी पोजिटिभ आएमा त्यसले रोग सार्न सक्ने शक्ति नहुने पनि जानकारी दिएको छ । उनले २१ दिन पछिको परीक्षणमा रोगबाट बच्ने क्षमता बढेको हुने बताए ।
यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले देशका विभिन्न ठाउँमा आरडीटी विधिबाट परीक्षण गर्दा पोजिटिभ देखिएकाहरुको पुनः पीसीआर परीक्षण गरिरहेको बताए । उनका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या १६ रहेकोमा एक जनाको उपचारपछि घरफर्किसकेको बताए ।
डा. देवकोटाका अनुसार हाल काठमाडौंको टेकु अस्पतालमा २ जना, पाटन अस्पतालमा २, धौलागिरि अस्पतालमा २, धनगढीको सेती अस्पतालमा ५ तथा वीरगञ्जको नारायणी अस्पतालमा ४ जना उपचाररत छन । संक्रमित सबैको अवस्था सामान्य रहेको मन्त्रालयलले जनाएको छ ।
त्यस्तै आइसोलेसनमा देशभरी ११७ जना रहेकोमा काठमाडौँमा ११ जना छन् भने उपत्यका बाहिर १०६ जना रहेका छन ।