मध्यराति ४.७ रेक्टर स्केलको भूकम्प

-


     मर्दी न्युज    
     ४ बैशाख २०७७ मा प्रकाशित


पोखरा । सोलुखुम्बु जिल्लाको फेरालाई केन्द्रविन्दु पारेर आज मध्यराति ४.७ रेक्टर स्केलको भूकम्प गएको छ ।

पुर्वी नेपालको सोलुखुम्बु जिल्लाको फेरालाई केन्द्रविन्दु पारेर राती १२ बजेर ५५ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पबाट हालसम्म कुनै क्षतिको विवरण भने आइसकेको छैन ।