चिकित्सक पिटेको आरोपमा डीएसपी लम्साललाई जिम्मेवारीबाट हटाइयो

-


     मर्दी न्युज    
     वैशाख ४ गते २०७७ मा प्रकाशित


काठमाडौं । अस्पतालबाट ड्यूटी सकेर घर फर्कदै गरेका चिकित्सकहरुलाई पिटेको आरोपमा महानरीय प्रहरी वृत्त महाराजगञ्जका डीएसपी उमेश लम्साललाई जिम्मेवारीबाट हटाइएको छ । डिएसपीसँगै डाक्टरलाई कुट्ने अन्य प्रहरीहरू माथि पनि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल र कान्ति बाल अस्पतालका चिकित्सकहरुलाई पिटेको आरोपमा उनलाई जिम्मेवारीबाट हटाइएको हो । उनलाई महानगरीय कार्यालयमा तानेर डीएसपी श्यामलाल ज्ञवालीलाई त्यहाँ पठाइएको छ ।

बुधबार साँझ घर फर्कदै गरेका शिक्षण अस्पतालका डा.शम्भु खनाल, तेजप्रकाश साह र कान्तिका डा.विकास साह माथि कुटपिट गरेको डीएसपी लम्साललाई आरोप लागेको छ ।

डाक्टरमाथि कुटपिट भएको घटनाबारे अनुसन्धान गर्न एसएसपी किरण बज्राचार्यको संयोजकत्वमा समिति पनि बनाएको छ ।