गाउँ फर्किनेहरुबारे उच्चस्तरीय समितिसँग प्रधानमन्त्रीले छलफल गर्दै

-


     मर्दी न्युज    
     ५ बैशाख २०७७ मा प्रकाशित


काठमाडौं । सरकारले लकडाउनपछि पैदल हिँडेर गाउँ फर्किने मानिसलाई के गर्ने भन्नेबारेमा छलफल थालेको छ । यस विषयमा कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको शुक्रवार बसेको बैठकमा यसबारे छलफल भएको छ ।

स्रोतकाअनुसार सरकारले अलपत्र परेका सर्वसाधारणका लागि घर जान दिने वा गन्तव्यसम्म पुर्याइदिने व्यवस्था मिलाउने विकल्पबारे छलफल भएको छ ।

प्रधानमन्त्रीले मन्त्रिपरिषदका सदस्यहरू, उच्चस्तरीय समन्वय समिति र कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी)का सदस्यहरूसहित बालुवाटारमा विशेष बैठक भइरहेको छ । बैठकमा कोरोना भाइरस संक्रमणविरूद्ध जारी लकडाउन र यसको कार्यान्वयनका बारेमा एकीकृत छलफल र समीक्षा भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

लकडाउनका बाबजुद पनि घरफर्किने मानिसहरुलाई प्रहरीले बाटोबाटो रोकेपनि पैदल हिँड्ने क्रम भने रोकिएको छैन ।