निको भएकाहरुमा पुनः कोरोना पोजिटिभ देखियो, के पुनः संक्रमित हुन्छ ?

-


     मर्दी न्युज    
     वैशाख ६ गते २०७७ मा प्रकाशित


एजेन्सी ।
पोखरा, ६ वैशाख । दक्षिण कोरियामा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित भई निको भएका १६३ जना पुनः कोरोना पोजेटिभ भएका छन् । एकपटक निको भई पुनः संक्रमित हुने सम्भावना कातिको रहन्छ भनी कोरिया सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (केसीडीसी) ले अध्ययन गरिरहेको छ ।

त्यस्तै चीनमा पनि निको भएर गएकाहरुको पुनः परीक्षण गर्दा पोजिटिभ देखिएको बताइएको छ । तर त्यहाँका स्वास्थ्य अधिकारीहरुले यसको आधिकारिक तथ्याङ्क सार्वजनिक गरेका छैनन् ।

संक्रमित भई निको भएकाहरुको पुनः संक्रमित हुने सम्भावना कति रहन्छ भन्ने कुरा अध्ययनको विषय भएको स्वास्थ्य अधिकारीहरुले जनाएको छ ।

दक्षिण कोरियामा ७ हजार ८२९ जना कोरोना भाइरसको संक्रमित भई उपचार पछि निको भएकाहरुमा पुनः कोरोना पोजिटिभ देखिएका छन् । निको भई पुनः पोजिटिभ देखिनेमा २.१ प्रतिशत रहेको शुक्रवार केसीडीसीले सार्वजनिक गरेको छ । निको भएर घर फर्किनेहरु सबैको पुनः परीक्षण कति जनाको भयो भन्ने अझै पनि एकिन गर्न नसकेको स्वास्थ्य अधिकारीहरुले बताएको छ ।

केसीडीसीका सहायक निर्देशक कोन जुन वुकका अनुसार संक्रमित भई निको भएकाहरुमध्ये पुनः ४४ प्रतिशतमा हल्का देखिनसक्ने बताएका छन् । यद्यपि कोरोना भाइरसबारे वैज्ञानिहरुले यथार्थ पत्ता लागि नसकेको उनले बताएका छन् ।

‘कोभिड–१९ यस दशककै चुनौतीको रुपमा देखा परेको छ’– कोनले भने– ‘यो धेरैको चुनौती र दुस्मनको रुपमा देखा परेको छ ।’ सीएनएन