पोखराको पुरुञ्चौरलाई केन्द्रविन्दु बनाएर ३ म्याग्नेच्युटको भूकम्प गयो

-


     मर्दी न्युज    
     वैशाख ६ गते २०७७ मा प्रकाशित


पोखरा, ६ वैशाख । पोखरा महानगरपालिकाको पुरुञ्चौर केन्द्रविन्दु भई ३ म्याग्नेच्युटको भूकम्प गएको छ । भूकम्पको धक्का पोखरा तथा आसपासको क्षेत्रमा महसुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार कास्कीको पोखरा महानगरपालिका पुरुञ्चौर केन्द्रविन्दु भई भूकम्प गएको बताएको छ । भूकम्प मापन तथा अनुसन्धान केन्द्रले बिहान ११ बजेर १५ मिनेटमा करिब ३ सेकेण्डसम्म पोखरा तथा आसपासलको जमीन हल्लिएको जानकारी दिएको छ ।