
पोखरा, ७ वैशाख । कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर संक्रमित हुने मानिसको संख्या २३ लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांक अनुसार अहिलेसम्म विश्वभर यो भाइरसबाट संक्रमित हुने मानिसको संख्या २३ लाख १७ हजार ७५९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ८० हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा विश्वभर १ हजार २७ जना थप संक्रमित भएका छन् ।
सबैभन्दा धेरै संक्रमित अमेरिकामा भएका छन् । अमेरिकामा हालसम्म कोरोना भाइरसका संक्रमितको संख्या ७ लाख ३२ हजार १९७ पुगेको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा २९ हजार ५७ जना नयाँ संक्रमित थपिएको हो ।
त्यस्तै, अमेरिका पछि बढी संक्रमित हुने देश स्पेन भएको छ । स्पेनका १ लाख ९४ हजार ४१६ र इटालीका १ लाख ७५ हजार ९२५ मा पनि कोरोनाको संक्रमण भेटिएको छ ।
त्यस्तै, फ्रान्समा १ लाख ५१ हजार ७९३ जना कोरोनाबाट संक्रमित भएका छन् । त्यस्तै जर्मनीका १ लाख ४३ हजार ७२४ र बेलायतका १ लाख १४ हजार २१७ मा कोरोना संक्रमण भेटिएको छ ।
अहिलेसम्म कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या विश्वभर गरी १ लाख ५९ हजार ५१० पुगेको छ । सबैभन्दा धेरै मानिसको मृत्यु अमेरिकामा भएको छ । अमेरिकामा अहिलेसम्म ३८ हजार ६६४ मानिसको यो भाइरसको कारण मृत्यु भइसकेको छ भने इटालीमा पनि २२ हजार २२७ मानिसको यो भाइरसको कारण मृत्यु भइसकेको छ ।
त्यस्तै, स्पेनमा २० हजार ४३ मानिसको मृत्यु भइसकेको छ भने फ्रान्समा १९ हजार ३४५, बेलायतमा १५ हजार ४९८ मानिसको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ ।
विश्वभर ५५ हजार २६५ जनाको गम्भीर अवस्थामा उपचार भइरहेको छ भने अहिलेसम्म पाँच लाख ९६ हजारभन्दा धेरै संक्रमित निको भइसकेका छन् ।
नेपालमा संक्रमितको संख्या ३१ पुगेको छ भने ३ जना निको भएर घर फर्किसकेका छन् ।