
ईलाम, ७ वैशाख । फेसबुकमार्फत अफवाह फैलाएको अभियोगमा फाकफोकथुम गाउँपालिका–७ बस्ने एक युवकलाई प्रहरीले शनिवार बिहान पक्राउ गरेको छ । पक्राउ पर्नेमा २४ वर्षीय सन्दिप योङ्हाङ लिम्बु भएको प्रहरीले जनाएको छ ।
सन्दिपले ‘ईलामको बिब्ल्याटेमा एक जनामा कोरोना सङ्क्रमण भेटियो’ भनी फेसबुकमार्फत भ्रामक अफवाह फैलाएको पाइएपश्चात जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।