धनगढीका संक्रमित युवा निको भएर घर फर्कंदै

-


     मर्दी न्युज    
     ७ बैशाख २०७७ मा प्रकाशित


पोखरा, ७ वैशाख । धनगढीको सेती अस्पतालमा उपचाररत २१ वर्षीय युवकलाई डिस्चार्ज गर्ने तयारी गरेको छ । उपचारपछि उनको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्जको तयारी गरिएको जनसंख्या तथा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित मिडिया ब्रिफिङमा बताए ।

कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका २१ वर्षीय युवकको दोस्रो र तेस्रो पटक गरिएको कोरोना संक्रमण परीक्षणको नतिजा नेगेटिभ आएको थियो ।

चैत २२ गते परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएका उनको शनिबार नेगेटिभ रिपोर्ट आएको थियो । त्यसको २४ घण्टामा अर्को परीक्षण गर्दा कोरोना नेगेटिभ देखिएपछि उनलाई डिस्चार्ज गर्ने तयारी गरेको मन्त्रालयले बताए ।

नेपालमा हालसम्म ३१ जना कोरोना संक्रमित भेटिएका मध्ये यसअघि तीन जना निको भएर घर फर्किसकेका छन् । उनीसँगै निको भएर फर्किनेको संख्या चार पुगेको छ ।