पोखरा, ९ वैशाख । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण हालसम्म १ लाख ७० हजार ४ सय २३ जनाको मृत्यु भइसकेको छ ।
सबैभन्दा धेरै अमेरिकामा ४२ हजार ५ सय १४ जनाको कोरोनाबाट मृत्यु भएको छ । अमेरिका पछि धेरै मृत्यु हुने राष्ट्र इटलीमा २४ हजार १ सय १४ जनाको मृत्यु भएको छ । त्यस्तै स्पेनमा २० हजार ८५२, फ्रान्समा २० हजार २६५ र बेलायतमा १६ हजार ५०९ जनाको मृत्यु भएको छ ।
२ सय भन्दा धेरै देशका २४ लाख ८१ हजार २६ जना कोरोना संक्रमित पुष्टि भएका छन् । अमेरिकामा मात्र ७ लाख ९२ हजार ७ सय ५९ जना कोरोनाबाट संक्रमित भएका छन् । अमेरिका पछि धेरै संक्रमित हुने राष्ट्र स्पेनमा २ लाख २ सय १० पुगेको छ । त्यस्तै, इटलीमा १ लाख ८१ हजार २ सय २८ जना, फ्रान्समा १ लाख ५५ हजार ३ सय ८३ जना, जर्मनीमा १ लाख ४७ हजार ६५ जना र बेलायतमा १ लाख २४ हजार ७ सय ४३ जनामा संक्रमितको पुष्टि भइसकेका छन् ।
विश्वभर ५६ हजार ७ सय ६५ संक्रमितको गम्भीर अवस्था छ । यद्यपि, पछिल्लो समय संक्रमण बढ्ने क्रम केही सुस्त छ भने ६ लाख ४६ हजार ३ सय ६७ को उपचार भइ घर फर्किसकेका छन् ।