रेबान पोखराकाद्वारा राहत वितरण, लेकसाइडमा कीटनाशक औषधी छर्कियो

-


     मर्दी न्युज    
     ९ बैशाख २०७७ मा प्रकाशित


पोखरा, ९ वैशाख । रेष्टुरेण्ट एण्ड बार एसोसिएसन अफ नेपाल (रेबान) पोखराले रेष्टुरेण्टहरुमा काम गर्ने ६४ जनालाई राहत वितरण गरेको छ । लकडाउनका कारण घर नगई पोखरामा नै बसेकाहरुलाई सोमबार रेवानले सहयोग प्रदान गरेको हो ।

रेबान पोखराका अध्यक्ष भीमसेन भुजेलले रेष्टुरेण्टमा काम गर्नेहरुलाई खानेकुराको अभाव भयो भन्ने थाहा पाएर सहयोग जुटाइएको बताउँदै संस्थाको बैठक बसेर आवश्यक रकम छुट्टयाइएको जानकारी दिए ।

यसैबीच रेबान पोखराले कोरोना भाइरसको संक्रमण फैलन नदिन लेकसाइडमा कीटनाशक औषधि छर्केको छ । पोखरा महानगरपालिकासँगको सहकार्यमा सोमबार लेकसाइडका सबै क्षेत्रमा औषधि छर्किइएको हो ।

राहात वितरण कार्यक्रममा गण्डकी प्रदेशका सांसद राजीब पहारी, पोखरा महानगर पालिका वडा नम्बर वडा सदस्य हरि पहारी लगाएतले सहयोग प्रदान गरेका थिए ।