अध्यादेश फिर्ता लिन कांग्रेसको माग

-


     मर्दी न्युज    
     वैशाख ९ गते २०७७ मा प्रकाशित


काठमाडौं, ९ वैशाख । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारसँग सोमबार जारी भएको दुबै अध्यादेश फिर्ता लिन माग गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा मंगलबार बिहान बसेको कांग्रेस पदाधिकारीको आकस्मिक बैठकले सरकारसँग संवैधानिक परिषद्सम्बन्धी र राजनैतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिन माग गरेको हो ।

सभापति देउवाले पदाधिकारीसहित वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वउपसभापति गोपालमान श्रेष्ठ, पूर्वमहामन्त्रीहरू प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलालाई बोलाएर छलफल गरेका हुन ।

बैठकले सरकार ल्याएको अध्ययादेशको भत्र्सना र खेद व्यक्त गर्दै फिर्ता लिन विज्ञप्तिमार्फत माग गरेको छ । श्रोतका अनुसार अध्यादेशका बारेमा बैठकमा आन्तरिक परामर्श गरिएको र अब कांग्रेसले चाल्ने आगामी कदमका बारेमा छिट्टै सार्वजनिक गरिनेछ ।

‘कोरोनासँग संगठित ढंगले लड्नुपर्ने बेलामा कुनैपनि राजनैतिक दल विभाजन गर्न सहज हुने प्रावधान ल्याइनु विरोधाभासपूर्ण र षड्यन्त्रपूर्ण छ । पदाधिकारी बैठकले यस्तो प्रवृत्तिको भत्र्सना गर्दै अध्यादेश फिर्ता लिन सरकार समक्ष माग गरेको छ’ विज्ञप्तिमा भनिएको छ ।