सेती प्रादेशिक अस्पतालबाट धनगढीका ३४ वर्षीय कोरोना संक्रमित युवक स्वस्थ भएर घर फर्किएका छन । उनी सुदूरपश्चिममा कोरोना संक्रमित पुष्टि भएको पहिलो व्यक्ति हो ।
चैत १२ गते सेती प्रादेशिक अस्पताल भर्ना भएका र १४ गते कोरोना पुष्टि भएपछि १६ दिनपछि धनगढी उपमहानगरपालिका ५ का ३४ वर्षीय युवकलाई मंगलबार अस्पतालबाट डिस्चार्ज गरिएको हो ।
दुबईबाट फर्केका ती युवाको चौथो र पाँचौं परीक्षण नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पतालका प्रवक्ता डा जगदीश जोशीले बताए ।
यही अस्पतालमा उपचाररत लम्कीचुहाका २१ वर्षीय संक्रमित युवक पनि आइतबार स्वस्थ भएर घर फर्किएका थिए ।
उनीसँगै अब नेपालमा कोरोना संक्रमित ५ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन ।