
बागलुङ । बागलुङको गलकोटमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।
मंगलबार दिउसो ३ बजे परेको चट्याङ लागेर गल्कोट नगरपालिका १ दुदिलाभाटीकी ६० वर्षीया विजुली खत्रीको मृत्यु भएको वडा अध्यक्ष नेत्र बुढाथोकीले जानकारी दिए ।
घरमै बसिरहेका बेला परेको चट्याङ लागेर मृतक खत्रीका श्रीमान् सोमबहादुर बेहोस भए पनि अहिले अवस्थामा सामान्य रहेको जनाइएको छ । चट्याङबाट कुनै भौतिक क्षति भने नभएको वडाध्यक्ष बुढाथोकीले बताए ।
जिल्लामा पछिल्ला केही दिन लगातार जसो चट्याङका घटना भइरहेका छन् । गत साता चट्याङ लागेर बागलुङ नगरपालिका–१४ मा एक युवाको ज्यान गएको थियो