कोरोना अपडेटः विश्वभर २६ लाख ३५ हजारभन्दा बढी संक्रमित, ज्यान गुमाउने १ लाख ८४ हजार नाघ्यो

-


     मर्दी न्युज    
     ११ बैशाख २०७७ मा प्रकाशित


पोखरा, ११ वैशाख । कोरोना भाइरस संक्रमितको संख्या २६ लाख ३५ हजार नाघेको छ । बिहीवार बिहानसम्म विश्वभर कोरोना संक्रमितको संख्या २६ लाख ३५ हजार ७१९ पुगेको छ ।

सबैभन्दा धेरै अमेरिकामा ८ लाख ८४ हजार ७१७ जना कोरोना भाइरसबाट संक्रमित हुन पुगेको छ । त्यस्तै अमेरिका पछि स्पेनमा २ लाख ८ हजार ३८९ जनामा संक्रमित भएको छ ।

इटलीमा १ लाख ८७ हजार ३२७, फ्रान्समा १ लाख ५९ हजार ८७७, जर्मनीमा १ लाख ५० हजार ६४८ र बेलायतमा १ लाख ३३ हजार ४९५ जनामा संक्रमित भएको छ ।

विश्वभर कोरोनाका कारण १ लाख ८४ हजार २१७ मानिसले ज्यान गुमाएको छ । कोरोनाबाट अमेरिकामा मात्रै ४७ हजार भन्दा धेरैको ज्यान गएको छ । आज विहानसम्म अमेरिकामा कोरोनाको संक्रमणका कारण मृत्यु हुनेको संख्या ४७ हजार ६७६ पुगेको छ ।

त्यस्तै इटलीमा कोरोनाबाट २५ हजार ८५ जनाको ज्यान गएको छ । स्पेनमा २१ हजार ७१७, फ्रान्समा २१ हजार ३४०, बेलायतमा १८ हजार १ सय तथा जर्मनीमा ५ हजार ३१५ जना कोरोनाको संक्रमणका कारण ज्यान गएको छ ।

नेपालमा भने कोरोना संक्रमणका कारण आजसम्म कसैले पनि ज्यान गुमाउनु परेको छैन । ४५ जनामा संक्रमण देखिएको छ भने ७ जना निको भएर घर फर्किसकेका छन् । उपचाररतको अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।