काठमाडौं । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच बुधबार मध्यराति एकीकरण भई नयाँ गठन भएको दल ‘जनता समाजवादी पार्टी’ निर्वाचन आयोगमा दर्ता भएको छ ।
आज बिहीवार बिहान ११ बजेर १६ मिनेट जाँदा निर्वाचन आयोगमा दर्ता भई १३८८ दर्ता नम्बर पाएको जनता समाजवादी पार्टीको नेता राजेन्द्र महातोले जानकारी दिए ।
समाजवादीका केही सांसदले पार्टी फुटाउने तयारी गरेपछि त्यसलाई रोक्न दुई दलले मध्यरातमा एकताको घोषणा गरेको भोलिपल्ट बिहीबार उनीहरु अयोग पुगेका हुन् । दल दर्ताका लागि राजेन्द्र महतो,उपेन्द्र यादव, महन्थ ठाकुरलगायत निर्वाचन आयोग पुगेका थिए ।