
एजेन्सी । भारतमा कोरोना भाइरस संक्रमितको संख्या करिब २२ हजार पुग्न लागेको छ ।
बिहीवार साँझसम्म २१ हजार ७ सय जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने मृतक संख्या ६ सय ८६ पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
भारतमा बिहीवार एकैदिन १२ सय २९ नयाँ संक्रमित फेला परेका छन । पछिल्लो २४ घण्टामा कोरोनाबाट भारतमा ३४ जनाले ज्यान गुमाएको छ ।
संक्रमितबाट ज्यान गुमाउनेमध्ये सबैभन्दा धेरै महाराष्ट्रबाट रहेका छन । महाराष्ट्रमा २ सय ६९ जनाको कोरोना संक्रमणबाट ज्यान गुमाएका छन । महाराष्ट्रमा हालसम्म ५ हजार ६ सय ५२ जना कोरोना संक्रमित भइसकेका छन् । त्यस्तै महाराष्ट्रपछि बढी संक्रमित गुजरातमा भेटिएको छ । गुजरातमा हालसम्म २ हजार ४ सय ७ जनामा कोरोना संक्रमणको पुष्टि भइसकेको छ भने दिल्लीमा २ हजार २ सय ४८ जना संक्रमित भेटिएका छन् ।
अन्य भारतीय राज्यहरूमा समेत कोरोना भाइरस संक्रमितहरू तीव्र गतिमा बढिरहेको तथ्यांकले देखाएको छ ।