धादिङका मजदुरहरुले पनि पोखरा छाडे

-


     मर्दी न्युज    
     वैशाख ११ गते २०७७ मा प्रकाशित


पोखरा, ११ वैशाख । पोखरामा मजदुरी गरेर बसेका धादिङका मानिसहरु आज बिहीवारसाँझ घर फर्किएका छन ।

यसअघि बुधवार पनि पोखराबाट विभिन्न जिल्लामा घर जानको लागि भीड लागेको थियो । लकडाउनका बेला सरकारले जो जहाँ छ त्यहीँ बस्ने भने पनि मानिसहरू पोखरा छाडेर आ–आफ्नो घरतर्फ जान लागेका हुन ।

धादिङ पोखरा सम्पर्क समाजले पोखरामा मजदुरी गर्दै आएकाहरुको लागि समन्वय गरी ३ वटा सवारी साधनमार्फत रिजर्भ गरी धादिङ पठाएको हो ।