चौतर्फी विरोध भएपछि दुवै अध्यादेश फिर्ता लिने सरकारको निर्णय

-


     मर्दी न्युज    
     १२ बैशाख २०७७ मा प्रकाशित


काठमाडौं, १२ वैशाख । चौतर्फी विरोध भएपछि सरकारले सोमबार जारी गरेका दुवै अध्यादेश फिर्ता लिने निर्णय गरेको छ ।

शुक्रबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले दल विभाजनको प्रावधान खुकुलो बनाउने र संवैधानिक परिषद्सम्बन्धि अध्यादेश फिर्ता गर्ने निर्णय गरेको एक मन्त्रीले बताए ।

अध्यादेशको चौतर्फी विरोध भएपछि बिहीबार पार्टी नेताहरुसँगको भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश फिर्ता लिने बताएका थिए ।

मन्त्रिपरिषदले अध्यादेश खारेज गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको स्रोतले बताएको छ ।