
पोखरा, १२ वैशाख । सरकारले ल्याएका दुवै अध्यादेश औपचारिक रुपमा खारेज भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार अध्यादेश खारेज गरेकी हुन् ।
सरकारले मन्त्रीपरिषद वैठकले गरेको अध्यादेश फिर्ता लिने निर्णयपछि गरेको सिफारीस अनुसार राष्ट्रपति भण्डारीले नेपालको संविधान धारा ११४ को उपधारा २ को ख मा उल्लेखित प्रावधान बमोजिम अध्यादेश खारेज गरेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।
सरकारले यही वैशाख ८ गते राजनीति दल विभाजन र संवैधानिक परिषद् सम्बन्धी दुई अध्यादेश ल्याएको थियो । अध्यादेश जारि भएपछि सरकारमाथि त्यसको चौतर्फि विरोध र दवाव वढेको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा शुक्रवार बसेको मन्त्रिपरिषद बैठकले दुवै अध्यादेशलाई फिर्ता लिने निर्णय गरेको थियो । निर्णय अनुसार पुनः राष्ट्रपति समक्ष सिफारी भएपछि राष्ट्रपति भण्डारीले अपरान्ह अध्यादेश खारेज गर्नुभएको हो ।
