कोरोनाका कारण मृत्यु हुनेको संख्या २ लाख नजिक, संक्रमित २८ लाख बढी

-


     मर्दी न्युज    
     १३ बैशाख २०७७ मा प्रकाशित


पोखरा, १३ वैशाख । कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या झण्डै दुई लाख नजिक पुग्न लागेको छ । शनिवार बिहानसम्म विश्वर कोरोनाका कारण १ लाख ९७ हजार २४५ जनाको ज्यान गएको छ ।

अमेरिकामा मात्रै कोरोना कारण ५२ हजार भन्दा बढीले ज्यान गुमाएको छ । हालसम्म अमेरिकामा ५२ हजार १८५ जनाले ज्यान गुमाएको छ ।

त्यस्तै कोरोनाका कारण इटलीमा २५ हजार ९६९ मानिसले ज्यान गुमाएका छन् । त्यस्तै स्पेनमा २२ हजार ५२४, फ्रान्समा २२ हजार २४५ र बेलायतमा १९ हजार ५०६ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

विश्वभर संक्रमितको संख्या २८ लाख नाघेको छ । शनिवार बिहानसम्म विश्वभर कोरोना संक्रमितको संख्या २८ लाख ३० हजार ३८ जना संक्रमितको पुष्टि भएको छ । पछिल्लो एकैदिन विश्वभर १ लाख ५ हजार ६१६ जना नयाँ संक्रमितको पुष्टि भएको छ ।

सबैभन्दा धेरै अमेरिकामा ९ लाख २५ हजार ३८ जना कोरोना भाइरसबाट संक्रमित हुन पुगेका छन् भने पछिल्लो २४ घण्टामा ३८ हजार ७६४ जना नयाँ कोरोनाबाट संक्रमित हुन पुगेका छन् ।

त्यस्तै अमेरिका पछि धेरै संक्रमित स्पेनमा २ लाख १९ हजार ७६४ जनामा पुष्टि भएको छ । त्यस्तै इटलीमा १ लाख ९२ हजार ९९४, फ्रान्समा १ लाख ५९ हजार ८२८, जर्मनीमा १ लाख ५४ हजार ९९९, बेलायतमा १ लाख ४३ हजार ४६४ र टर्कीमा १ लाख ४ हजार ९१२ जनामा संक्रमित पुष्टि भएको छ ।

नेपालमा भने कोरोना संक्रमणका कारण आजसम्म कसैले पनि ज्यान गुमाउनु परेको छैन । शुक्रवार मात्र देशमा थप १ जनामा कोरोना संक्रमित भेटिएपछि हालसम्म संक्रमितको संख्या ४९ जनामा पुष्टि भएको छ भने ११ जना निको भएर घर फर्किसकेका छन् । उपचाररतको अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।