
पोखरा, १३ वैशाख । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले गण्डकी प्रदेश कोरोना बिरामी मुक्त भएको फेसबुकमार्फत जनाएका छन ।
नेपालको पाँचौं कोरोना संक्रमित १९ वर्षीया अंशु सापकोटा सन्चो भएसँगै गण्डकी प्रदेश हाललाई कोरोना बिरामी मुक्त भएको स्वास्थ्य निर्देशनालयले जनाएको हो ।
स्वास्थ्य निर्देशनालयले भनेको छ, ‘गण्डकी प्रदेशमा अब कोरोना भाईरसको संक्रमण भएर अस्पतालमा उपचार गराउदै गरेका ब्यक्तिको संख्या शुन्य, बाग्लुङ कि दोस्रो संक्रमितपनि पुर्णरुपमा निको भएसगै घर फिर्ता, उपचारमा संलग्न धौलागिरी अंचल अस्पतालका सम्पूर्ण स्वास्थ्यकर्मी, कर्मचारी तथा सुरक्षाकर्मीहरुलाई हार्दिक बधाई !’
