किमको स्वास्थ्य परामर्शका लागि चिनियाँ चिकित्सक टोली उत्तर कोरियातर्फ

-


     मर्दी न्युज    
     वैशाख १३ गते २०७७ मा प्रकाशित


एजेन्सी । उत्तर कोरियाका सर्वाेच्च नेता किम जोन उनको स्वास्थ्य परामर्शका लागि चीनले त्यसतर्फ एक चिकित्सक टोली पठाएको समाचार अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ ।

रोयटर्सका अनुसार चिनियाँ कम्युनिस्ट पार्टीका वरिष्ठ सदस्यको नेतृत्वमा उक्त टोली बिहीबार त्यसतर्फ गएको हो ।

यो साता उत्तर कोरियाली नेता किमको स्वास्थ्य हालै गरिएको मुटुको शल्यक्रियापछि अवस्था जटिल बनेको अपुष्ट खबरहरू सार्वजनिक भएका थिए । तर सो कुराको पुष्टि भने हुन सकेको छैन ।

अप्रिल १५ मा उत्तर कोरियाका संस्थापक पिता र किमका हजुरबुवा किम इल सुङको जन्मदिनको वार्षिकोत्सव समारोहमा अनुपस्थित भएपछि उनको स्वास्थ्यमा समस्या भएको अनुमान गरिदैं आएको थियो ।