
सांकेतिक तस्विर
पोखरा, १४ वैशाख । कोरोना भाइरस संक्रमणका कारण विश्वभर २ लाख मानिसको मृत्यु भएको छ ।
अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार मृतक संख्या २ लाख २ हजार ४ सय ५५ पुगेको छ । विश्वभर कोरोना संक्रमितको संख्या २८ लाख ९२ हजार ५ सय ८ पुगेको छ ।
कोरोना भाइरस संक्रमणका कारण सबैभन्दा धेरै अमेरिकामा मात्रै ज्यान गुमाउनेको संख्या ५३ हजार ५ सय ११ पुगेको छ । अमेरिकामा संक्रमितको संख्या ९ लाख ३६ हजार २ सय ९३ रहेको छ ।
त्यस्तै कोरोनाबाट इटलीमा २६ हजार ३ सय ८४ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या १ लाख ९५ हजार ३ सय ५१ रहेको छ ।
त्यस्तै स्पेनमा २२ हजार ९ सय २ जनाको कोरोनाका कारण ज्यान गुमाएको छ भने फ्रान्समा २२ हजार ६ सय १४ र बेलायतमा २० हजार ३ सय १९ जनाले ज्यान गुमाएको छ । स्पेनमा संक्रमितको संख्या २ लाख २३ हजार ७ सय ५९, फ्रान्समा १ लाख ६१ हजार ६ सय ३९ र बेलायतमा १ लाख ४९ हजार ५ सय ६९ रहेको छ ।
त्यस्तै जर्मनीमा पनि संक्रमितको संख्या १ लाख ५६ हजार ४ सय १८ पुगेको छ भने कोरोनाका कारण ज्यान गुमाउने ५ हजार ८ सय ७३ रहेको छ । त्यस्तै टर्कीमा पनि संक्रमितको संख्या १ लाख ७ हजार ७ सय ७३ पुगेको छ भने संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ हजार ७ सय ६ रहेको छ ।
विश्वभर उपचार भई घर फर्किनेको संख्या ८ लाखा १६ हजार २ सय ११ पुगेको छ ।
नेपालमा भने हालसम्म ४९ जनामा कोरोाना संक्रमण देखिएकोमा १२ जना निको भएर घर फर्किसकेका छन् । उपचाररतको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।